प्रजातान्त्रिक महासंघकाे सूचना तथा संचार विभागकाे प्रदेश संयाेजकमा न्याैपाने


२१ असोज, कालिकोट । सक्रिय पत्रकार बिष्णु न्याैपाने नेपाल प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे कर्णाली प्रदेश संयाेजकमा मनाेनित हुनुभएको छ ।

नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, शिक्षा पत्रकार समुहका प्रदेश सदस्य, बि.टि.एस. मिडिया प्रालिका अध्यक्ष, सक्रिय पत्रकार बिष्णु न्यौपानेलाई नेपाल प्रजातान्त्रिक महासंघले आफ्नाे सूचना तथा प्रचार बिभागकाे कर्णाली प्रदेशको संयोजकमा मनोनीत गरेकाे हाे ।

उहाँ विगत १५ बर्षदेखी विभिन्न बिद्युतिय तथा छापा संचार माध्यममा आबद्व भएर सक्रिय रुपमा पत्रकारिता पेशामा लागिरहनुभएको छ । उहाँ लामाे समयकाे सक्रिय पत्रकारिता गर्दा राष्टिय कृषि पत्रकारिता पुरस्कार २०७२, फेडवासन वास पत्रकारिता पुरस्कार २०७३, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७५ लगायत झण्डै आधा दर्जन पुरस्कारले सम्मानित भैसक्नुभएको छ ।

उहाँले नेपाल प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे कर्णाली प्रदेशकाे संयाेजककाे जिम्मेबारी प्रदान गर्ने केन्द्रीय समिति प्रति आभार व्यक्त गर्दै समाजमा प्रजातान्त्रिक बिचारलाई स्थापित गर्न पत्रकारिता मार्फत सक्रिय रुपमा लागि पर्ने बताउनुभयो । नेपाल प्रजातान्त्रिक महासंघ नेपाल, सूचना तथा प्रचार बिभाग प्रमुख रोजि ढकाल पराजुलीले प्रदेश संयाेजक न्याैपानेलाई बधाई दिदै प्रजातान्त्रिक मूल्य र मान्यता समाजमा स्थापित गर्न पत्रकारहरुकाे ठुलाे भुमीका रहेकाे बताउनुभयो ।

उहाँले कर्णालीमा यस अभियानलाई सफल बनाउन न्याैपानेकाे नेतृत्व सफल बन्नेमा आफु बिस्वस्त रहेकाे बताउनुभयो । उहाँले नेपालका विभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेकाहरुकाे साझा चाैतारी प्रजातान्त्रिक महासंघले मुलुकभरी नै सामाजिक कार्यमा समेत याेगदान दिने बताउनुभयो ।