सूचनाको हक सम्वन्धी तालिम सम्पन्न


१२ असोज, सुर्खेत । कर्णाली प्रदेश मन्त्रालय तथा मातहत कार्यालयका सूचना अधिकारीहरुका लागि २ दिने सुचनाको हक सम्बन्धी तालिम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

प्रदेश सुशासन केन्द्र वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको उक्त तालिममा प्रदेश मन्त्रालय र सुर्खेत स्थित मातहतका निर्देशनालय तथा कार्यालयबाट २८ जना सूचना अधिकारी तथा दैलेख र सुर्खेतका स्थानीय तहबाट १६ जना सूचना अधिकारीहरुको सहभागिता रहेको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्यायले जानकारी दिनु भएको छ ।

सूचना अधिकारीहरुको ज्ञान, सीप तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको सो तालिम उद्घाटन कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो । तालिम उद्घाटनको क्रममा प्रमुख सचिव श्रेष्ठले सूचनाको हकको प्रभावकारी कार्यान्वयन मार्फत सुशासनको प्रत्याभुति दिन सूचना अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।

प्रदेश मन्त्रालयका सूचना अधिकारीहरुका लागि असोज ७- ८ र दैलेख र सुर्खेत जिल्लाका स्थानीय तहका सूचना अधिकारीहरुका लागि असोज १०-११ गते सम्पन्न भएको तालिममा नेपाल पत्रकार महासँघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गर्नु भएको थियो ।