
२२ असोज, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण आज देशभर ४ हजार ३ सय ६४ जनामा पुष्टी भएको छ ।
नयाँ पुष्टी भएकाहरु मध्य काठमाडौं मात्र २ हजार ५ सय ४० काठमाडौं उपत्यकाका रहेको बताइएको छ । जस्मा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना रहेका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ भने संक्रिय संक्रमित २६ हजार ६ सय ८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Prawash Kumar Shakya । २२ आश्विन २०७७, बिहीबार १८:११ बजे