कोभिड–१९ को खोप प्रमाणित हुने वित्तिकै नेपालीले प्रयोग गर्न पाउनेः मन्त्री ढकाल


९ मंसीर, काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताउनुभएको छ ।

यही मङ्सिर ३ गते देखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उहाँले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त परीक्षण सफल भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताउनुभयो । उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको औल्याउनुभयो ।

(टिभीअन्नपूर्णअनलाइनबाट)