२२,आश्विन बिहिबार । मृगौला सम्बन्धी रोगबाट जीवन गुमाएकी रेखा कुमारी शाहको परिवारलाई ज्योती लाइफ इन्स्योरेन्सले बिमा रकम हस्तान्तरण गरेको छ। बिराटनगरकि शाहले ज्योती लाइफ इन्सुरेन्समा बि सं २०७५ सालमा जीवन बिमा गरेकोमा गत असारमा मृगौला सम्बन्धि रोगबाट निधन भएपछि शाहको परिवारलाई इन्स्योरेन्सले उपचार खर्च ,जीवन बिमा र बोनस रकम उपलब्ध गराएको हो ।
जीवन बिमा ५लाख बराबरको गर्नुभएकी शाहका श्रीमान सोमराज थापालाई इन्स्योरेन्सले उपचार खर्च ५ लाख जीवन बिमा बापतको ५ लाख र बोनस ५० हजार इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन गौतमले हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणपछी क्षेत्रीय प्रबन्धक गौतमले ज्योती लाइफले ३५ किसिमका घातक रोगको बिमा गर्दै आएको जानकारी दिनुभयो।
साभारःसप्तकोशि अनलाईनखबर ।
Milan Shrestha । २३ आश्विन २०७७, शुक्रबार ०८:२५ बजे