बैशाख १५, सुर्खेत ।
सामाजिक तथा सँंस्कृतिक रुपान्तरणका लागि बयक एकता समाज सुर्खेत गठन भएको छ । जिल्लाभरी छरिएर रहेका बयकहरुको भेलाले शनिबार पश्चिम सुर्खेतको बाबियाचौरमा खिमबहादुर बयकको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष, धर्मबहादुर बयक, महासचिव मविनकुमार बयक, कोषाध्यक्ष नन्दा बयक सचिव मानबहादुर बयक तथा सदस्यहरुमा धिरेन्द्र बयक, नयाराम बयक, लक्ष्मी बयक र आकाश तारा बयक चयन भएका छन् ।
त्यस्तै भेलाले कविराज बयकको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा शेरबहादुर बयक, लक्ष्मी बयक, रतन बयक, छविलाल बयक, नयाराम बयक, हस्तबहादुर बयक, सावित्रा बयक र लक्ष्मीबहादुर बयक रहेका छन् । नव निर्वाचित कार्य समितिले वशिष्ठ गोत्री बयकको ईतिहास, वर्तमान अवस्था र भावि पुस्ताको वैज्ञानिक खोज अनुसन्धान गर्ने निर्णय गरेको छ ।
त्यस्तै राजनीतिक, आर्थिक, समाजिक तथा सास्कृतिक रुपमा पछाडि पारिएका समाजका अन्य वर्ग, जाती एवं समुदायसँग सहकार्य तथा समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको महासचिव मविनकुमार बयकले जानकारी दिए । उनले तत्काल समाजको आफ्नै सहकारी गठन गर्ने, बयक समाजको वार्षिक बुलेटिन, भित्रे पात्रो तथा अन्य सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने जनाए ।



Milan Shrestha । १५ बैशाख २०७५, शनिबार १३:१५ बजे