५० हलमा लाग्यो साढे ७


११ फागुन । गायक सत्यराज आचार्य अभिनित नेपाली चलचित्र साढे ७ आजबाट अल नेपाल रिलिज भएको छ ।

केही समय अगाडी हाम्रो देशमा भएको नाकाबन्दीको समयमा फोटो पत्रकारहरुको भोगाई अनी घटनाको विषयलाई लिएर बनाईएको नेपाली कथानक चलचित्र साढे ७ आजबाट रिलिज भएको हो ।

ब्ल्याक पेपर स्टुडियो, सत्यस्वरुप इन्टरटेण्टमेण्ट, मौरी इन्टरटेण्टमेण्ट, एवीसी/एअारसी  फिल्मसको व्यानरको संयूक्त लगानीमा डिजे सन्तोष, सत्य-स्वरुप, सुनिल थापा र नरेशदेव पन्तले तयार पार्नुभएको चलिचत्र साढे ७ नेपालका ५० वटा हलहरुबाट आज रिलिज गरिएको डिजे सन्तोषले बताउनुभयो ।

चलचित्रमा गायक आचार्य फोटो पत्रकारको भूमिकामा देखापरेका छन् त्यसैगरि चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल, कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको अभिनय रहेकोछ ।