कर्णाली प्रदेश सरकारको बैठकका निर्णयहरु सार्वजनिक


१२ मंसीर, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

प्रदेश सरकारको हिजो ११ गते बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णयहरु आज सार्वजनिक गरेको हो । बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका ८ का सर्बराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै मुख्यमन्त्रीको समन्वय विज्ञरुपमा वीरेन्द्रनगर ९ सुर्खेतका झक बहादुर मल्ललाई नियुक्त गर्ने । सल्यान जिल्ला कुमाख गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्विकृतिका लागि पठाउने । दैलेख जिल्ला भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्विकृतिका लागि पठाउने निर्णय गरेको छ ।

बैठकले समपूरक र विशेष अनुदान तर्फका आयोजनाहरुको बजेट व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष २०७६ र ७७ मा कर्णाली प्रदेश सरकारको समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा आयोजनाहरुका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शिर्षकबाट जम्मा रु. २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहहरुमा हस्तान्तरण गर्ने । कर्णाली प्रदेश सुरक्षा मापदण्ड, २०७७ स्वीकृति प्रदान गर्ने । कर्णाली प्रदेशको सुरक्षा रणनीति, द्दण्ठठ स्वीकृति प्रदान गर्ने । शान्ति अध्ययन तथा घाईते अपाङ्ग पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने र कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।