प्रदेश विपद कोषमा बौद्ध सहकारीको २५ लाख सहयोग


२६चैत्र, सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम नियन्त्रण गर्नकालागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको  प्रदेश विपद व्यवस्थापन कोषमा बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले २५ लाख रुपैयाँ सहयाेग गरेको छ ।

हामीले महामारीकोरुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथामकालागि प्रदेश सरकारले स्थापना गरेको विपद कोषमा २५ लाख सहयोग रकम जम्मा गरेका छौ साथै हामीले हाम्रो सहकारी रहेको स्थानीय ९ नं. वडा कार्यालयलाई पनि स्थानीय स्तरमा १ लाख रुपैया सहयोग गरेका छौं । यस्तो विपदको घडीमा सहयोग गर्न पाउनु नै महत्वपूर्ण रहेको संस्थाका कार्यकारी प्रमुख विशाल केसी ले बताउनु भयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमलाको स्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई संस्थाका उपाध्यक्ष सिंहबहादुर गुरुङ्ग  सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव पसाङ्ग महतराले सहकारी प्रदान गरेको सहयोग रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्मरण रहोस विपद कोषमा अहिले सम्म सबै भन्दा धेरै बौद्ध सहकारीले सहयोग रकम जम्मा गरेको हो ।