
५ माघ, सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।
वीरेन्द्रनगरमा जारी प्रेस चौतारी नेपालको छौठौं जिल्ला अधिवेशनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षद्वयमा सिता ओली र यसकुमार चपाई चयन हुनुभएको छ । त्यसैगरी सचिवमा मुना हमाल, सह-सचिवमा दिनेश बुढा र यामबहादुर वि.क. तथा कोषाध्यक्षमा अप्सरा बिष्ट चयन हुनुभएको छ ।
त्यस्तै गरि अधिवेशनले सदस्यहरू खुमलाल न्यौपाने, मग्रिब बक्स, तेजविक्रम तिवारी, दिपक बराल, विक्रमकुमार बि.क., खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय, अनिता बि. क., खगेन्द्र शाही, पार्वती बयक, सुरेश पौडेल, लक्ष्मी हमाल र राजकुमारी पौडेललाई चयन गरेको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कडेलले उद्घाटन गर्नु भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु नवराज रावत र मोहनमाया ढकालको उपस्थिति थियो ।



Prawash Kumar Shakya । ५ माघ २०७८, बुधबार १७:०१ बजे