‘युथ एण्ड लिगल एडभोकेसी’ को अध्यक्षमाः बोगटी


१० फागुन,सुर्खेत । ‘युथ एण्ड लिगल एडभोकेसी’ को अध्यक्षमा विनिता बोगटी चयन हुनुभएको छ ।

कानुनको वकालत गर्ने उदेश्यले गठन भएको यस संस्थाको उपाध्यक्षमा यज्ञ खत्री, सचिवमा नेहा वस्नेत, सह–सचिवमा लक्ष्मण रोकाय कोषाध्यक्षमा कुमार थापा र सदस्यहरुमा अनिल बिसी र रचना पन्थि चयन हुनुभएको छ ।

यस्तै संस्थाको चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा डा.नवराज केसी, प्रतिमा मल्ल, मधुसुधन काफ्ले र सुजन पन्त रहनु भएको छ ।

संस्थाले युवा लक्षित, मानव अधिकार, कानुनी शिक्षा तथा सार्वजनिक नीति नियमका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम तथा परियोजना संचालन गर्ने, पिछडिएका, अति विपन्न, सिमान्तकृत, अल्पसंख्यक युवा, महिला तथा बालबालीकाहरुका लागि कानुनी सहायता र कानुनी पहुँच सुनिश्चितताका लागि विभिन्न परियोजना संचालन गर्ने, युवा कानुन व्यवसायि तथा विद्यार्थीहरुको क्षमता विकास गर्न तालिम, गोष्ठी तथा सम्मेलन आयोजना गर्ने, जनस्वास्थ्य, जलवायु परिवर्तन, वातावरण तथा स्वच्छता लगायत विभिन्न सार्वजनिक चासोका विषय सम्बन्धी ऐन, कानुन निमार्ण र कार्यान्वयनका लागि पैरवी गर्ने, विभिन्न सरकारी, गैर सरकारी, सामुदायिक संघ संस्था तथा कार्यालयहरुसँगको सहयोग र सहकार्यमा संस्थाका कार्यक्रमहरु संचालन गर्ने उदेश्य राखेको छ ।