७,पुस सुर्खेत । कर्णाली प्रदेशको खेलकुद परिषदको उपाध्यक्षमा प्रमोद हमाल र सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्त गरिएको छ ।
सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो ।परिषदको सदस्य सचिवमा भने विश्वमित्र सन्ज्याललाई नियुक्त गरिएको छ । यस्तै, सदस्यहरुमा टक्कबहादुर शाही (हुम्ला) , सरोज शाही(जुम्ला) , भूमाकुमारी बुढाथोकी (सल्यान) , मोहनराज घर्ती(जाजरकोट) र हेमा खड्का(दैलेखक) रहनुभएको छ ।
सामाजिक विकास मन्त्रालयले परिषदमा नयाँ नियुक्त गरेसँगै कर्णालीको खेल पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने नवनियुक्त हमालले जानकारी दिनु भयो । जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षसमेत रहेका हमाल खेलक्षेत्रका अग्रणि व्यक्तित्व हुनुहुन्छ ।



Milan Shrestha । ७ पुष २०७७, मंगलवार १९:१८ बजे