बिउ बुडियो, नगरपालिकाले निकास दिएन


असार २४, सुर्खेत ।

नगरपालिकाको लापरबाहीका कारण किसानहरु रोपाइबाट बञ्चित भएकाछन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको लापरबाहीका कारण स्थानिय किसान रोपाइबाट बञ्चित भएका हुन् ।

पालिकाको वडा नं. ४ को चाटेखोला मौलाकोट देखि स्यूनाको बस्ती र शम्भुनाथ मन्दिर तिरको मोटर बाटो निर्माणका क्रममा पालिकाको डोजर मार्फत निर्माण गर्ने क्रममा करिब ३० मिटर र बसन्तपुरको करिब ५० मिटर भत्काएका तिन महिना बित्ता सम्म पानीको निकास नदिएपछि किसानहरु रोपाई गर्न नपाइने चिन्ताले पीरोलीएका हुन् ।

बिउ बुढो भैसक्यो, नगरपालिकाले नहर उजाड बिजाड गरेको छ, पानी आउने कुनै सम्भावना छैन, बनाउने बहानामा बिगारीयो मात्रै स्थानियले गुनासो गरे किसानहरुले मुरी रोपेर मानो फलाउने बेला नगरपालिकाले बेहाल बनाइदियो । स्थानिय करिब ४० जनाका खेतहरु रोप्न मुस्किल भयो, बिउ बुडिसक्यो, पानीको निकास हुने सम्भावना छैन, नगरपालिकाले भत्कायो मात्रै, बनाउने सुरसार केही छैन, हामी किसानहरुको पेटमा लात्त हान्ने काम नगरपालिकाले गर्यो स्थानियको गुनासो छ ।
पटक पटक नगरपालिकालाई कुलो छिटो निर्माण गरीदिन आग्रह गरेपनि बेवास्ता भयो, बिउ बुडिसक्यो अब बिउ लिएर नगरपालिका मै बुझाउनु पर्ने बाध्यता आइलागेको स्थानिय प्रेमबहादुर शाहीले गुनासो गरे ।