स्वरोजगार बन्दै यूवापुस्ता “Mobile Coffee In Karnali Province” (भिडियो सहित)


२४ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा करिब हप्ता दिन यता एक यूवा कफी बेच्दै हिडेको देखिन्छ ।

यसरी कफी बेच्दै हिड्ने यूवा बर्दियाको ठाकुरद्वाराका केशब बहादुर कटुवाल हुनुहुन्छ । वीरेन्द्रनगर ९ का रमेश थापाले करिब ५ लाखको लागतमा सञ्चालनमा ल्याउनुभएको ४ मेशिनबाट केशबले मोबाइल कफी बेच्न थाल्नुभएको हो ।

रमेश थापा कामको शिलसिलामा भारतमा रहँदा एउटा पार्टीमा यो मोबाइल कफी हेरेपछि आफ्नै देशमा यस्को शुरुवात गर्दा राम्रो आम्दानी हुने देखेर यो कला सिकेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ “मैले अहिले ४ वटा मेसिन ल्याएको छु । अहिले २ जना यूवाहरुलाई कफी बनाउन सिकाएर बजारमा कफी बेच्ने रोजगारी दिएको छु । एकदिनमा करिब ३० लिटर दुध खपत हुने गरेको छ ।”

थापाले ४ वटा मेसिन ल्याएपनि अहिले २ जनाले मात्र यो काम गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “मैले अहिले १० हजार तलब र प्रति कप रु ५ रुपैया कमिशन पनि दिने गरेको छु ।”

यता मोबाइल कफी बेच्ने यूवा केशव पनि यो व्यावसायबाट सन्तुष्ट भएको बताउनुहुन्छ । दैनिक करिब ७ हजार बराबरको कफी बेच्दै आएको केशब भन्नुहुन्छ । आफ्नो घर बर्दिया भएपनि विगत २० बर्षदेखि सुर्खेतमा नै बसेकोले यतै केही नयाँ गरौं भन्ने लागेर रमेश थापाको सहयोगमा यो कामको शुरुवात गरेको हुँ । केशबले भन्नुभयो ।