
१२ असोज, सुर्खेत । पछिल्लो समयमा निजीकरण तथा व्यापारिकरणका कारण गरिबको शिक्षामा पहुँच नभएको नेकपा मसाल निकट विद्यार्थी संगठन अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले बताउनुभएको छ ।
आज आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमाशुरु भएको अखिल (छैठौं)को राष्ट्रिय परिषदको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो ।
‘शिक्षामा बढ्दो निजीकरण र व्यापारिकरणले शिक्षालाई गरिव मजदुरको पहुँच बाहिर पु¥याएको र यो कम्युनिष्टको दुईतिहाई सरकारले पनि संविधानमा उल्लेखित शिक्षा सम्वन्धि मौलिक अधिकारको कार्यान्वयन नगरेर आम जनतालाई धोका दिएको छ । ’शिक्षालाई व्यावहारसंग जोड्ने गरि नीति निर्माण गर्नु पर्नेमा अध्यक्ष पोखरेलले जोड दिनुभयो ।
परिषदको बैठकमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले संघियताका कारणले देशमा भ्रष्टाचार, कालावजारी बढेको र जनताले झन्झन् सास्ती खेप्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘यो सरकारले कम्युनिष्ट चरित्र अनुसारको व्याहार गर्नुपर्ने नत्र जनतामा कम्युनिस्ट शासनप्रति वितृष्णा आउन सक्छ । सरकारका अहिलेका गतिविधिले देशमा राजावादीहरु तथा विखण्डनकारीहरु सल्बलाईरहेको बताउँदै स्थानीय तह, प्रदेश तह र संघिय सरकारका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु भष्ट्रचारमा लिप्त हुनुले पनि यो सरकारप्रति जनतामा वितृष्णा पैदा भएको उहाँको भनाई थियो ।

परिषद वैठकलाई राजमो केन्द्रीय सदस्य मनोज भट्ट, रत्नविक्रम प्यासी, युवक संघका केन्द्रीय महासचिव कृष्णराज पाण्डे, विद्यार्थीका पूर्व उपाध्यक्ष पुर्ण बहादुर शाही, महासचिव भिमलाल पोखरेल र कोषाध्यक्ष हस्तराज रेग्मीले सम्बोधन गर्नुभएको थियो ।
परिषद वैठकले अध्यक्ष विमल पोखरेलले प्रस्तुत राजनीतिक तथा संगठानिक प्रस्ताव महासचिवद्वारा प्रस्तुत विशेष प्रस्ताव र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै आगामी १ वर्षको लागि संघर्षका कार्यक्रम घोषण गर्दै बैठक भोली सोमबार समापन हुने निवर्तमान कोषाध्यक्ष हस्तराज रेग्मीले जानकारी दिनुभयो ।



Milan Shrestha । १२ आश्विन २०७६, आईतवार १८:३४ बजे