अमेरिकामा कार दुर्घटनाः चार नेपालीको मृत्यु


कात्तिक २२, Car-accident--581fecadebd768.82796972जर्जियाः अमेरिकाको जर्जिया राज्यमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । दुर्घटना गत शुक्रबार भएको थियो । गुल्मी घर भई हाल काठमाडौंको अनामनगर बस्ने चिरञ्जीवी खना, उनकी श्रीमती श्यामा खनाल, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको छ । सुवेदी खनालका कान्छा छोरा समिरकी प्रेमिका थिइन् । कारमा ६ जना सवार रहेको बताइएको छ । निसान अल्टिमा नामको कारमा सवार उनीहरु जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा १८ चक्के मालबाहक ट्रकसँग ठोकिएको थियो । दुर्घटनामा ज्यान गुमाएकाको शव एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ ।

साभारः अन्नपूर्ण पोष्ट अनलाइन