खेती योग्य जमिन माग गर्दै बादी समुदायको धर्ना (भिडियोसहित)


मिलन श्रेष्ठ

११ फागुन, सुर्खेत । कर्णालीको दैलेख जिल्लामा रहेका बादी समुदायहरुले आज खेती योग्य जमिनको माग गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन् ।

समुदायले कोरोना भाइरसका कारण बादी समुदायका जनजीवन झनै कष्टपूर्ण रहेको बादी समुदायका हिक्मत बादीले बताउनुभयो ।  उहाँले भन्नुभयो “हामी हाम्रा पुस्तो देखि नै भुमिहिन समुदायका हौ हामी सुकुम्वासी समुदाय हौं हामी अपहेलनाका पात्र भएका छौं । हामी छरिएका रहेका बादी समुदायहरु एकिकृत बस्ती बसाल्नकालागि हामी यहाँ आएका हौं ।”

त्यस्तै बादी समुदायका अर्का अगुवा प्रेम बादीले आफुहरुको मुख्य माग नै भूमि रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीलाई खेती योग्य जग्गा उपलब्ध गराइदिनुस, हामीलाई सिप दिनुहोस ।”