१३ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको लहर तिब्रगतीमा बढेसंगै सुर्खेत जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले भोली १४ गते मध्यराति १२ बजे देखि २१ गते सम्म (१ साता)कालागि निषेधाज्ञा जारी गरेको हो ।
यसैवीच काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।




Prawash Kumar Shakya । १३ बैशाख २०७८, सोमबार १४:३७ बजे