समता लघुबित्तले आफ्ना कर्मचारीहरुको कोरोनो बीमा गरायो


जेठ,४ । समता लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (COVID 19) महामारी विरुद्धको बीमा गरेको छ ।

बित्तीय संस्थामा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बित्तीय संस्थाले जनाएको छ ।

बित्तीय संस्था र शिखर इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो । सम्झौता अनुसार अब बित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा Polymerase Chain Reaction (PCR) टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति वापत उपलब्ध गराइने जानकारी बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बताउनु भयो ।