
३० बैशाख, कालिकोट । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई मध्यनजर गर्दै कालिकोट जिल्लाको महाबै गाँउपालिकाको वडा नं १ मा सम्पूर्ण घरधुरीलाई राहत वितरण गरिएको छ ।
स्थानिय समाजसेवी टोप बहादुर शाहीको पहलमा बैदेशिक रोजगारीमा गएका यूवाहरु नेपालमा रहेर समाज सेवा गर्ने युवा युवतीहरुको साझा प्रयासमा सो राहत बितरणा गरिएको हो ।
वडामा रहेको १ सय १९ घरधुरीलाई १ कठ्ठा चामल, नुन, तेल र साबुन वितरण गरिएको बताइएको छ । राहत वितरण कार्यक्रममा वडा महिला सदस्य जयकउरा शाही नेकपाका वडा अध्यक्ष चतुर्भुज शाही र नेपाली काँग्रेसका वडा सभापति रतन बहादुर शाही तथा टोपबहादुर शाहीको उपस्थिती रहेको थियो ।
अहिले सम्म बाडीएको राहतमा भएको बिवादलाइ ध्यानमा राखी कुनै पनि घर नछुटाइ राहत बाडीएकोले सबै बडा बासीहरु खुसी भएका छन ।



Prawash Kumar Shakya । ३० बैशाख २०७७, मंगलवार २०:५० बजे