प्रदेश अस्पतालले कोरोनाका नयाँ थप संक्रमित भर्ना नलिने, स्वास्थ्य राज्यमन्त्री मौन


१ जेठ, सुर्खेत । कोरोना भाइरसको दोश्रोचरणको महामारी तिब्रगतिमा फैलँदै गर्दा कर्णाली प्रदेशमा पनि अक्सिजनको अभाव भएसंगै कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने जनाएको छ ।

प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो ।

नेपालगञ्जबाट आउने अक्सिजनको आपूर्ति अस्पतालमा हुन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

यता यसरी प्रदेश अस्पतालले सूचना जारी गरेसंगै वीरेन्द्रनगरबासी लगाएत कर्णालीमा त्रासको वातावरण उत्पन्न भएको छ । वीरेन्द्रनगर ९ लाटिकोइलीका एक स्थानीय भन्नुहुन्छ “यसरी अस्पतालले हात खडा गर्छ भने हामी यअब कस्को शरणमा जाने ? यस्तो वेला संघीय सरकारका स्वास्थ्य राजमन्त्री कर्णाली प्रदेशकै भएर मौन बस्छन् भने अब कस्को भर पर्ने?”