अशोक राजी
१९ सुर्खेत, मंगलवार
आज सुर्खेतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ यात्रु घाईते भएका छन् ।
कर्णाली राजमार्गको कुनाथरी र रत्न राजमार्गको ठुलो ब्यूरेनीमा आज दिउसो भएको सवारी दुर्घटना हुँदा १७ यात्रुहरु घाईते भएका हुन् ।
वीरेन्द्रनगरस्थित बाँगेशीमल–कनाथरी सडक खण्डको बड्डिचौरस्थित मसिनामा सुर्खेतबाट जुम्ला जाँदै गरेको ट्रक र जुम्लाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस जुध्दा १५ यात्रु घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ना १ ख २५६५ नम्बरको ट्रक र ना ५ ख ३३०३ नम्बरको यात्रुवाहक बस आज दिउसो एक आपसमा जुधेको कार्यालयले जनाएको छ ।
दुर्घटनाका घाईते यात्रुलाई क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ भने ट्राफिक कार्यालयले घाईते यात्रुहरुको अवस्था भने समान्य रहेको बताइएको छ ।
यस्तै रत्न राजमार्गको ब्यूरेनीमा लु १ त ८१७८ र लु २ त ३४०३ नम्बरको ट्याक्टर जुध्दा २ जना घाईते भएका छन् ।
दुर्घटनापछि रत्न राजमार्ग केही समय अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका चन्द्र घर्तिले जानकारी दिनुभयो ।
तर दुर्घटनाको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

Milan Shrestha । १९ माघ २०७२, मंगलवार १२:२८ बजे