वीरेन्द्रनगर बजारमा विपन्न परिवारलाई राहत वितरण गर्दै रामजानकी सेवा समाज (भिडियो सहित)


१७ जेठ, सुर्खेत । कोरोना भाइरसको दोश्रो चरणले देश निषेधाज्ञामा भएर विपन्न वर्गलाई जीविका धान्न गाह्रो भैरहेको अवस्थामा आज कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको वडा नं. ६ मा रहेका ३० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र भित्र नै रहेका विपन्न असक्त असाहय परिवारलाई रामजानकी सेवा समाजले डा. रेणु शर्माको सहयोगमा खाद्यान्न सहयोग गरेको हो ।

समाजका अध्यक्ष गणेश पन्तले नागरिकलाई अप्ठेरो परेको स्थितिमा स्वयम् सेवा गर्नकोलागि स्थापित भएको बताउनुभयो । “हामीले आज डा. रेणु शर्माको सहयोग राहत वितरण गरेका छौं हामी सहयोगका कामहरु निरन्तर गर्दै जानेछौ ।”