जारी स्मार्ट लकडाउन खुकुलो पारियो


२५ माघ, सुर्खेत । सरकारले कोरोना भाइरस कोभिड १९ को तेश्रो लहरमा कमी आएसंगै सरकारले स्मार्ट लकडाउनलाई खुकुलो पारेको छ ।

यसैवीच जिल्ला कोभिड व्यवस्थापन समितिसुर्खेतको बैठकले यही फागुन १ गते देखि राती १० बजे बन्द गर्ने गरि गरिएको डान्सवार दोहोरी लाउन्ज पब क्लब लगाएत रात्रीकालिन सेवाहरु सिनेमा घर जिम क्लब स्वीमिङ्ग फुटसलमा अनिवार्य खोप कार्ड र जनस्वास्थ्य तथा सुरक्षाको मापडण्ड पालना गरि सञ्चाल गर्ने अनुमति दिएको छ ।

त्यस्तै वीरेन्द्रनगर भित्र रहेका पार्कहरु जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरि आजै माघ २५ गतेबाट सञ्चालन गर्ने अनुमति दिएको छ । विद्यालयहरु भने फागुन १ गतेबाट १२ बर्ष पूरा भएका विद्यार्थीहरुलाई नियमित र १२ बर्ष भन्दा मुनिका विद्यार्थीहरुलाई आलोपालो प्रणालीबाट विद्यालय सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।