जाजरकोट ४, साउन । जिल्ला अस्पताल जाजरकोटको जग्गा अतिक्रमण गरी व्यक्तिले घर वनाएको पाइएको छ ।स्थानीयबाट अस्पतालको जग्गा अतिक्रमण गरी पक्की घरहरु वनाएको अस्पतालले जनाएको छ । सदरमुकाम खलंगाको ठाँटीबजारमा रहेको अस्पतालको ४० रोपनी मध्ये ५ रोपनी जग्गा अतिक्रमण गरी स्थानीयले पककी घर वनाएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताउनु भयो ।
लभ रोडको दायाँ बाँया र थाप्लेचौर जाने बाटोको दायाँबायाको जग्गा दर्जन वढी घरहरु वनेको उहाँले वताउनु भयो ।जाजरकोटमा २०३३ सालमा अस्पताल स्थापना हुदा यो जग्गा अस्पतालको नाममा प्राप्त भएको थियो । ४० रोपनी जग्गामा ८ रोपनी जग्गा जिल्ला अदालतलाई, डेढ् रोपनी खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयलाई र ११ आना जग्गा बृदाश्रमलाई उपलब्ध गराई सकेको पाइएको अस्पतालका प्रमुख डा. राजेन्द्र जीसीले बताउनु भयो ।
सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरेकाहरुलाई जतिवेला पनि अस्पतालले हटाउन सक्ने उहाँले उल्लेख गर्नुंभयो ।यस्तै जिल्लामा जिल्ला बन, राष्ट्रिय अनुसुन्धान, प्रहरी, लगाएतका कार्यालयका सरकारी जग्गा पनि अतिक्रमणको चपेटमा परेको वताएको छ । सरकारी जग्गा अतिक्रमण हुदा समेत नियमक निकाय चुप लागेर वसेको जाजरकोटवासीको गुनासो छ ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । ४ श्रावण २०७३, मंगलवार १३:५५ बजे