नेपालगंज उप-महानगरका १० वडा विदा मनाएनन्


२७ पौष, बाँके । पृथ्वी जयन्तीको बिदाको विषयमा नेपालगञ्ज उप–महानगरपालिकाले सार्बजनिक बिदा घोषणा गरे पनि आज १० वटा वडाले भने त्यो निर्णय अवज्ञा गर्दै कामकाज सुचारु राखे ।

नेपालगञ्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले पुस २७ गते पृथ्वी जयन्तीमा नेपालगंज नगर क्षेत्र भरी सार्वजनिक विदा घोषण गरे पनि नेपालगञ्ज उप–महानगरका वडा नं. १, ३, ६, ७, ९, १४, १७, १८, २० र २१ ले भने काम सुचारु राखेका हुन् ।

वडा नम्बर १८ का अध्यक्ष दिपक बर्माले नेकपाको नेतृत्व रहेका १० वडामा शुक्रवार नियमित कामकाज भईरहेको जानकारी दिनुभयो । विहीबार उप–महानगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गर्दा नेकपाका वडा अध्यक्षहरुले निर्णयको विष्पक्षमा नोटअफ डिसेन्ट लेख्दा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष बर्माले बताउनुभयो ।

‘पृथ्वी नारायण शाहको सम्मानमा राष्ट्रिय बिदा घोषणा गरिनु पर्छ तर, स्थानीय तहमा विदा दिएर मात्र हुने होईन’– वडा अध्यक्ष बर्माले भन्नुभयो ,–‘पृथ्वी जयन्ती भव्यरुपमा मनाउनु पर्छ, कार्यक्रम गर्नुपर्छ भन्ने हाम्रो माग हो । बिदाको विषयमा प्रदेश र संघीय सरकारले निर्णय गर्नु पर्छ ।’ बर्माले कार्यालय खुल्दा सेवाग्राही खुशी भएको बतानुभयो ।

सदरलाइन अनलाइनबाट