वीरेन्द्रनगरमा ५२ पिन्ट रगत संकलन


२८ श्रावण, सुर्खेत । वीरेन्द्रनगरमा आज ५२ पिन्ट रगत संकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा नेपाल यूवा उद्यमी मञ्च सुर्खेतले आयोजना गरेको कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा मञ्च सुर्खेतका अध्यक्ष सन्देश रावतले अहिलेको समयमा यूवाहरुमा रक्तदानको भावना उत्प्रेरणा जगाउनकालागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “कोभिडको महामारीको बेला रगतको अभाव भैरहेको महशुस गरि हामीले रक्तदान कार्यक्रम राखेका हौ रक्तदान गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।”

कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य महासंघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले कर्णाली प्रदेशको राजधानीमा एउटा सुविधासम्पन्न रक्त सञ्चार केन्द्र नहुनु विडम्वना भएको बताउनुभयो । उहाँले भन्नुभयो “यथाशिघ्र सुविधासम्पन्न रक्त सञ्चार केन्द्र स्थापना गर्न म प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछु र त्यसकालागि महासंघ सहयोग गर्न तयार जानकारी गर्दछु ।”