
३० श्रावण, सुर्खेत । सुर्खेत महिला जेसीजले आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो बार्षिक कार्यक्रम अनुसार यसबर्ष पनि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।
महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कार्यक्रम उद्घाटन गर्दै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितको आयोजना गरेको हो । ११ जना विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको विषय “महिला उठौं, देश उठाऔं” रहेको थियो ।
प्रतियोगितामा सुर्खेत होराइजन ऐकेडेमीका चन्द्रा खत्री प्रथम, सेन्ट मेरिज स्कूलका यमुना दाहाल दृतिय र एसओएस हरमन माइनर विद्यालका समिक्षा नेपाल तृतिय हुनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सुर्खेत महिला जेसीज २०१३ का अध्यक्ष ज्योती कार्की पौडेलले महिला जेसीजले आफ्ना डाइनामिक लिडर स्वर्गिय तुल्सी थापाको स्मृतिमा हरेक बर्ष तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।
हर्क बहादुर शाही, थानेश्वर लामीछाने र प्रतिमा मल्लाह निर्णाय रहनुभएको प्रतियोगिताको सहजीकरण सुर्खेत महिला जेसीज बर्ष २०२१ का महासचिव सिता भण्डारीले गर्नुभएको थियो भने बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




Prawash Kumar Shakya । ३० श्रावण २०७८, शनिबार २१:५३ बजे