गोविन्द कुँवर काठमाडौँ ।
पुरुषप्रधान वा पितृसतात्मक नेपाली समाजमा महिला र पुरुषबीचको विभेद अझै पनि कामय छ । अझ नेपालको सुदुर र मध्यपश्चिममा झन् यसले नराम्रोसंग जरा गाडिरहेको छ । सुदुर र मध्यपश्चिममा महिलालाई महिनावारी भएको बेलामा छाउ गोठमा अझै पनि बाध्य गराएर बस्न लगाएका छन् ।
महिनावारी भएको बेलामा महिलाले घरमा बस्न नहुने तथा घर देवता रिसाउने तथा पाप लाग्छ भन्ने अन्धविश्वासका करण आज पनि सुदुर र मध्यपश्चिमका महिला पीडित छन् । छाउगोठमा महिला एक्लै बस्नुपर्ने तथा विभिन्न जनवार र संक्रमणका कारण कतिपय महिलाले अकालमै ज्यान गुमाउन बाध्य छन् अझै पनि ।
विज्ञानको विकास र सम्बृद्धिले विश्व चमत्कारको दुनियामा पुगिसकेको बेलामा नेपालका अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, एवम् सुदुरपश्चिका पहाडी जिल्ला तथा मध्यपश्चिका अधिकांश पहाडी जिल्लामा छाउपडी प्रथाले गाजिरहेको छ ।
परिवारले नै माया गर्दैन्न
अछाम चौरपाटी गाउँपालिका २ सोकटकी जानकी साउद पनि छाउगोठमा बस्न बाध्य भएको बताईन् । उनी मात्र होइन उनको परिवारको सबै छोरी तथा बुहारी महिनावारी भएको बेलामा घरमा बस्न पाउदैनन् । उनको मात्र होई सिंगो टोल, गाँउकै छोरी तथा बुहारी हरेक महिनामा हुने महिनावारीको बेलामा घरबाट टाढा बस्नुपर्ने बाध्यता छ ।
महिनावारी भएको बेलामा उनीहरुलाई घरपरिवारले पनि राम्रो व्यवहार गर्दैनन् । महिनावारी भएको बेलामा छाँउगोठमा पानी चुहिएमा वा छाँउ गोठ चिसो भएको बेलामा पनि उनीहरु घरमा आउन पाइदैन र बाध्य भएर छाँउगोठमै बस्नुपर्ने सुदुर र मध्यपश्चिमका महिलाहरुको गुनासो छ ।
जानकीले जीवनमा महिला भएर जन्मेकोमा दुखेसो पोखेकी छन् । छाउगोठ चुहिएको बेला तथा पानी परेको बेलामा घरमा पनि बस्न नपाँउने तथा ओत लाग्नका लागि रुखमुनी बस्नुपर्ने बाध्यता सुनाईन् ।
उनी त सुदुरपश्चिको प्रतिनिधी पात्रा मात्र हुन् । उनी जस्तै हजारौ महिला यही पीडाले थलिएका छन् । र महिनावारीको बेलामा घरबाट टाँढा बस्न बाध्य छन् । सुदुर र मध्यपश्चिममा महिलालाई महिनावारी भएको बेलामा महिलालाई घरबाट टाढा राख्ने तथा छाँउगोठमा बस्नुपर्ने बाध्यता मात्रै होईन कतिपय महिलाले छाउगोठमै मृत्युवरण गर्नेपर्ने पीडा अझै पनि रहेको जानकी बताउँछिन् ।
छाउगोठमा बस्नुपर्दा र महिलालाई आफ्नै घरपरिवारले पशुभन्दा पनि तल्लो व्यवहार गरेको भन्दै उनले मन दुखाएकी छन् । उनी भन्छिन्, ‘सबै कुरा सम्झँदा मन कटक्क दुख्छ । उनको गुनासो छ, छोरी भएर जन्मनु सबैभन्दा ठूलो गल्ती रहेछ ।’
सुत्केरी पनि छाँउगोठमै
सुदुर र मध्यपश्चिममा महिनावारी भएको बेलामा मात्र होईनन् सुत्केरी भएको बेलामा पनि छाउगोठमा बस्नुपर्ने बाध्यता छ । सुत्केरी महिला घरमा राख्दा बाघ, सार्प, देवता रिसाउने भन्ने अन्धविश्वास मान्यताका कारणले अहिले पनि यी क्षेत्रका महिलाहरुले छाँउगोेठमै सुत्केरी हुनुपर्ने बाध्यताले सताईरहेको छ ।
अछामका सबै ठाउँमा सुरक्षीत बर्थीङ्ग सेन्टर छैनन् । तर भएको बर्थीङ्ग सेन्टमा पनि महिलाहरु सुत्केरी गराउन जाँदैनन् र जानुपर्छ भन्ने चेतना अझै पनि विकास हुन सकेको छैन र उनीहरु छाँउगोठमै सुत्केरी गराउछन् ।
छाँउगोठमै मृत्युवरण
अछाममा १० वर्ष यता १२ जना महिला, किशोरीले छाउपडी गोठमा ज्यान गुमाइ सकेका छन् । चौरपाटी गाउँपालिका २ पायलकी रनतदेवी विक, पार्वती आउजी, झुप्री ढोली, साफेबगर नगरपालिकाकी शर्मिला भूल,जयगढ बान्नीगढी गाउँपालिकाकी रोशनी तिरुवा, डम्मरा उपाध्याय, ढकारी गाउँपालिकाकी लक्ष्मी बुढा, तुर्माखाँद गाउँपालिकाकी गौरी बुढा, रानिवनकी हंसदेवी जोशी, हंसा जौसी, डिक्रादेवी बिक, झुमादेवी शाही, लगायतले छाउगोठमा ज्यान गुमाई सकेका छन् ।
छाँउगोठ मुक्त घोषणा
पायल, रामारोशन, कालिकास्थान, तुर्माखाँद, गाज्रा, जनालिकोट, कुइका, विबनायक, जुपू, जाल्पादेवी, चण्डीका, वलिगाँउ, जनालिबण्डाली, यि साविका गाविसलाई छाउगोठ मुक्क्त महिला तथा बालदबालिका कार्यालयले घोषण गरिएको थियो । सुतार, भाटाकाटिया, बलाता, ढुंगाचाल्ना, ढकारी, बस्ती, दर्ना, हिच्मा र शान्तडा साविकका गाविसलाई ग्रामिण जलस्रोत परियोजनाले घोषणा गरिएको थियो । चाल्सा घोषण, गर्ने निकाय वल्ड भिजन, भागेश्वरलाई सम बिकास नेपाल, बान्नातोली, रिडिकोट, घोडासैन, मष्टाबण्डाली, चाफामाण्डौ र सेरा गाविसलाई स्वयंम गाविसले नै छाउगोठ मुक्त गाविस घोषण गरिएको थियो ।
कार्यान्वयन अझै भएन
अछामका माथि उल्लेखित साविकका गाविसहरुमा छाँउगोठ मुक्त घोषणा गरे पनि कार्यन्वयनमा भने कमजोर देखिएको छ । विभिन्न समयमा विभिन्न तत्कालिनका गाविसहरु छाँउगोठमुक्त घोषणा गरे पनि ती गाँउहरुमा अझै पनि महिलाहरु महिनावारी भएको बेलामा र सुत्केरी भएको बेलामा छाँउगोठमा बस्न बाध्य छन् । द न्यूज नेपाल बाट



Milan Shrestha । १५ जेष्ठ २०७५, मंगलवार ०६:५० बजे