कोपिला भ्याली सेवा समाजको १४ औं साधारण सभा सम्पन्न


६ असोज, सुर्खैत । कोपिला भ्याली सेवा समाजको १४ औं बार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।शनिवार(आज) सम्मपन्न भएको छ । १४ बार्षिक साधारण सभाबाट कृष्णबहादुर थापा अध्यक्षमा  चयन हुनु भएको छ ।

सभाको अवसरमा सचिवले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्षले आर्थिक बर्ष २०७७/०७८ सालको रु ९ करोड ६६ लाख ५७ हजार १० रुपैया बराबरको आय,व्यय सहित रु २५ करोड ३९ लाख ५६ हजार ४ सय ३५ रुपैयाको बासलात सहितको आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०७८ /०७९ सालको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

यसै गरि कार्यक्रमकै अवसरमा संस्थापक अध्यक्ष टोपबहादुर मल्ललाई संस्थाको स्थापना काल २०६४ साल देखि हाल सम्म अतुल्निय योगदान पुर्याए वापत सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

१४ बार्षिक साधारण सभाबाट कृष्णबहादुर थापाको अध्यक्षमा ६ सदस्यीय कार्य समिति चयन गरिएको छ जसको उपाध्यक्षमा गोगन बहादुर मल्ल, सचिवमा मनबहादुर सिंह कोषाध्यक्षमा गिता बुढा र सदस्यहरुमा चन्द्रबहादुर शाही, मिना बुढा र सविता चौधरी चयन हुनु भएको छ भने आजीवन सदस्यहरु टोपबहादुर मल्ल, कृष्णबहादुर थापा, गंगा कुमारी थापा, मिमकोशा शाही र कल्पना कार्की रहनु भएको छ ।