बहुप्रतिभाका फूलवारी गाँउले


साहित्य, पत्रकारीता हुँदै देउडा र राजनीतिक यात्राका सिपाही


          कृष्णराज धमाला “अपूर्ण”
कमै मात्रामा देउडा खेल्ने गरेपनि देउडा क्षेत्रमा स्थापित एक चर्चित पात्रको नाम हो चित्रसिंह गाँउले । २०३९ सालमा महावै गाँउपालिका ४, कालिकोटमा जन्मिएका गाँउले समसामयिक विषयमा देउडा रचनाका प्रख्यात व्यक्तित्वको रुपमा चिनिन्छन् । थुप्रै देउडा गीत रचना गरि रेकर्ड समेत गरेकाछन् । राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट देउडा लगाएत साहित्यका विविध पक्षका रचनाहरु प्रकाशन तथा प्रशारण गरि चर्चाको शिखर चुमीरहेका छन् गाउँले ले । जिम्मेवार राजनीतिक दलको नेता हुँदाहुँदै साहित्यका लागि चिन्ता, चासो र समय दिइराख्ने गाँउले साहित्य आफ्नो राजनीतिको सहयोगीका रुपमा रहेको ठान्छन् । साहित्यले मलाई राजनीतिमा टेवा पुगाएकोछ, गाँउले खुसी हुँदै साहित्य बिनाका राजनीति रसीलो नहुनेमा विस्वास राख्छन् ।
साहित्य विशेषगरी देउडा र गजलसहितको भाषण र कार्यक्रम सञ्चालनवाट नागरीकको मनजित्न सफल गाउँले उद्घोषक हुँदा दर्शकहरु दिनभर नहल्लेर कार्यक्रम स्थलमा वस्ने गर्छन् । जुन प्रकारको कार्यक्रम पनि सञ्चालन गर्ने जिम्वेवारी कुसलतापूर्बक बहन गर्न सक्ने गाँउले गीतबाटै सुरु गर्छन्, गीतबाटै मञ्चमा अतिथि बोलाउँछन्, गीतबाटै धन्यबाद दिन्छन् अनी गीतबाटै बक्तब्यको सारांश पनि ।

जित्नका सिपालु रैछन्, नानीकोटका मान्स
मुख्यमन्त्री भैजाने हुन्, पाएका छन् चान्स
स्याउ ओखरले भाउ पाउन्याछन्, जत्ति न्या फल्ने छन्
रुरु रतडामा पनि, वस, मोटर चल्ने छन्

वामपन्थी गठवन्धनका उम्मेदवार विजयी हुँदा मंसिरमा कालिकोटको खुल्ला मञ्चमा यस्तै गीत सहितको कार्यक्रम सञ्चालन गरेका थिए गाँउले ले । राजनीतिक कार्यक्रमका साथै साहित्यिक कार्यक्रममा झनै उत्साहका साथ कार्यक्रम सञ्चालन गर्छन् गाँउले ।

सिपालु त सिपालु हुन्, धर्मी त धर्मी हुन्
नाच्नाकी सिपालु रैछन्, कै ठौर जर्मी हुन्
मुम्रादै पानसरा आइगैन्, गोर्ख शाही कुनिदै
घरजान कोही पाउन्या नाई, रैखाती थुनिदै

नेपाल नाट्य तथा संगीत कला प्रज्ञा प्रतिष्ठानले मान्ममा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सहभागी प्राज्ञ यज्ञराज उपाध्याय, कविता आले, मिथिला शर्मा लगाएतको कलाकार टोली र दर्शकलाई कार्यक्रम सञ्चाल गरीरहँदा गाँउले ले निकै खुशी बनाए । उनले सञ्चालन गरेको संविधान घोषणाको दिन मान्मको प्रतिमाचोकमा भएको कार्यक्रम पनि कम आकर्षक थिएन

जाग्दैछन् जोसिला नेता, जुविथा खल्लाउँदा
कोही रुख फलटिपी खाँदा, कोही डाला हल्लाउँदा
जिम्मेवार राजनीतिक दल्ले, संविधान बनाया
देशभरि उत्साह छायो, रमाइलो मनाया

यस्तै देउडासहित संविधान घोषणाको खुशियाली कार्यक्रम गाँउलेले सञ्चालन गरेका थिए । यो वर्ष चुनावी वर्ष भएकाले गाँउले गीत मार्फत आफ्नो भनाई राख्न पछि हटेनन् र भने

राप्रपाको जोत्ने हलो, ऐले साल् भाग्ने छ
मंसिरपछि कांग्रेस कन, चिलाउने जाग्ने छ
अरुका भोट मागीदिनु, आफ्ना भोट हाल्दिनु
मंसिर दश गतेका दिन, रुख उप्काई फाल्दिनु
पुग्दैन सोचेको कुरा, सव नेता जत्तिको
जालौंदाको जिउँदै माछो, चित्रको छत्तिगो
प्रज्वल, उज्वल, कुर्मराज शाही, उम्मेद्वार चुनिया
वामपन्थीका फाटेका मन्, ऐले साल तुनिया

गीत मार्फत उनले जनतासामु भबिष्यवाणी नै गरेका थिए । श्रीमती जर्मा सिंह र सनतकुमार शाहीको आवाजमा आग्रह छ जनतालाई भन्ने चर्चित हुड्के नाँचपनि यसै वर्ष गाउँलेले आफ्नो रचनामा जनतामाझ ल्याएर जनता तथा नेतालाई एकै थलोमा नचाएका थिए ।

चित्रसिंह देख्याका बेला, आखाँ फुटाल्दि छन्
किलाउँदा बान्याकी पनि, दाम्ला चुटाल्दि छन्
चल्ती वाइगो जौपोत्याको, भाउ बढ्यो मुगाको
सौंराई मान्दी चित्रसिंहको, भै मान्दी जुगाको
आसुँको राराताल भयो, जिन्दगी नाउ भयो
लाग्यो र अपुरो माया, कलेजी घाउ भयो

यी पनि गाउँलेका चर्चामा रहेका देउडा गीत हुन् । कालिकोटमा पानसरा वुढा सँग पार्टी अभियानको क्रममा मुम्रा र कलबहादुर शाही सँग जुविथामा आफुले खेलेका देउडा उहाँलाई स्मरणीय छन् ।

रुपरंग चन्द्रमा जस्तै, नाम रैछ पानसरा
काँ भेटाउँ सोचेकै थिए, भेटी कठैवरा
भाषण गर्ने कुर्मराज शाही, देउडा खेल्न्या चित्र
काँदै आई बाजका चल्ला, सान्नी दरा भित्र
दिनभरी आमसभा भैगो, रातभरी खेल भैगो
नअरेई छुट्नाका कुरा, आजबाट मेल भैगो
आज रात देउडा खेल खेली, भोलि गैजान्या हौ
उदारा वात मात्तै हुन्कि, साँच्चै लैजान्या हौ
घर घरवार धानी राख्न्या, एक छँदै छ जर्मा
साथ जाली खेल लावली, नबसली घर्मा

दिनभर जनता र कार्यकर्ताहरु बिच उद्घोष र भाषण गर्नु रातभर देउडा मार्फत मनोरञ्जन लिनु र दिनु पनि कम्ती चुनौती होइन । यी र यस्तै देउडामा रमाएको स्मरण छ गाँउलेलाई । जुम्लामा पुर्णप्रसाद न्यौपाने र प्रेम देवकोटा लगाएतका साथिसंगी सँग रातभर हुड्के पारामा भएका देउडा नाँच बिर्सन नसकिने उँहाको अनुभव छ । देउडा मात्र नभई कविता र गजलमा गाँउले झनै रुचि राख्नु हुन्छ । भर्खरै सम्पन्न भएको चुनावपछि माननीयहरुलाई लेखेको उहाँको कविताले तहल्का नै मच्चाउन सफल भएको छ । देउडा खेल्न खासै रुचि नराख्ने गाँउले प्रदेश नम्बर ६ मा राज्य स्तरवाटै विशेष देउडा प्रतिष्ठानको स्थापना हुनुपर्ने आवश्यकता औंल्याउँछन् ।
विकास निर्माण सँग सम्वन्धित हुँदै गीत लेख्नु गाँउलेको अर्को विशेशता वनेको हो ।

सुनथराली विमानस्थल, सान्नीघाट बत्ति
मनभित्र बस्याको माया, क्यारी जान्छै छत्ति
महावु गाल्जेका रोड, सरासर काटिजा
कि माया एकलौटी भैजा, कि माया फाटिजा
दुर्गम मेरा कर्णालीले, कैले फेर्छ काया
ममबत्ति नेटियाजन, नेटिन् लाग्यो माया
विकास मिश्रित मायाका गीतले देउडामा नयाँपन दिने उँहाको धारणा छ ।

२०५७ सालमा ज्वाला मासिक साहित्यिक भित्रे पत्रिका सुर्खेतमा प्रकाशन गरी साहित्यिक यात्राको औपचारीक थालनी गरेका गाँउल सँथ सुर्खेत सन्ध्याकालिन दैनिक र कर्णाली पोष्ट साप्ताहिक पत्रिकाको आफै प्रकाशन र सम्पादन गरेको लामो अनुभव पनि छ । राजधानी राष्टिय दैनिक, रासस लगायतका सञ्चार माध्यममा गाँउका समाचार सम्प्रेषण गरेर पुरस्कृत समेत भएको गाँउले को “नौलो कर्नाली बुनाउन्या मेसो” खस भाषामा ०६४ र “स्मृति” गजल संग्रह पनि प्रकाशित छ ।
पत्रकारिता पेशालाई छोड्दै सक्रिय राजनीतिमा लागेका गाँउले पछिल्लो समयमा कालिकोटको लोकप्रिय राजनीतिकर्मी बन्न सफल भएका छन् । प्रदेश सभा क्षेत्र नम्बर १ वाट प्रदेश सभामा उम्मेदवार बन्दै प्रदेश समृद्धिमा लाग्ने आफ्नो उद्देश्यमा यश वर्ष ठेस लागेको भन्दै उहाँमा नैरास्यता छाएको उँहाका सहयात्रीहरुले महशुस गरेका छन् । यद्यपी उहाँ यस्तै गीतहरु सृजना गरी चित्त बुझाउनु हुन्छ र भविष्य प्रति आशावादी हुनुहुन्छ

देशका लागि जिउ जाँदो छ, गया जा टिकट
साथिभाई मुन्तिरी बनी, बसन्ना निकट

प्राय सबै क्षेत्रमा आफ्नो शसक्त उपस्थिति दर्ज गर्न सक्षम चित्रसिंह गाँउले को यो यात्रा बिचलीत् नहोस्, अनवरत संघर्ष गरीराख्नुहोस्, स्वर्णिम दिन भेटिनेछ भन्ने विस्वास दिलाउँदै गाँउले का लागि
कति जना शत्रु होलान्, कति जना मित्र
गजल लेख्न, देउडा भन्न, नछोड्नु है चित्र
कोही बोली अलिका पड्डा, कोही नबोली भित्र
कालीकोटको राजनीतिको, उज्यालो नक्षत्र