
५ पौष, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बहुप्रतिक्षित सडक मंगलगढी काँक्रेविहार शिवमन्दिर सडकको निर्माण कार्य शुरु भएको छ ।
करिव ४ बर्षदेखि निर्माणकोलागि ठेक्का हुँदै काम नभएपनि यसपटक प्रदेश सरकारले एकमुष्ठ ठेक्का गरेपछि भने सडक निर्माणको काम शुरु भएको हो ।
१८ महिनामा निर्माण सम्पन्न गरिसक्नु पर्ने समायावधी भएपनि १२ महिना भित्र सक्ने लक्ष्य रहेको वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यो हाम्रो वडाको नै गौरवको सडक रहेकोले सम्पूर्ण वडावासीहरुमा निर्माणकार्यमा सहयोग गरिदिनहुन म अनुरोध गर्दछु ।”
यसैवीच वीरेन्द्रनगर नगरपालिकाले आजदेखि सडक अतिक्रमित गरेर बनाइएका संरचनाहरु हटाउन माइकिङ्ग समेत गरेको छ ।
https://www.youtube.com/watch?v=hrAvz7U5TAw



Prawash Kumar Shakya । ६ पुष २०७८, मंगलवार १६:११ बजे