भोलि (शुक्रबार)देखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा भएको छ ।
विचमा एकदिन २२ गते, भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाइने सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो ।



Prawash Kumar Shakya । १८ भाद्र २०८३, बिहीबार १७:३५ बजे