लकडाउन जेठ ५ सम्मकालागि थपियो


२४ वैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड-१९) सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई ध्यानमा राख्दै गतबर्ष चैत ११ गतेदेखि लगाएको लकडाउन आज बुधबार ४४ दिन पुगेको छ । यसैवीच विभिन्न क्षेत्रले लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठाइरहेको छ ।

सरकारले पहिलोपटक गतबर्ष चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक १ हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसपछि पुनः निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।

यसैवीच कर्णाली प्रदेश सरकारले छिमेकी प्रदेश नं. ५ को बाँके जिल्लाको नेपालगंजमा कोरोनाका संक्रमण देखिए संगै कर्णालीका सिमा नाकाहरु १ हप्ता सम्मकालागि सिल गरेको छ ।