३१ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्रगतीमा बडे संगै सुर्खेत जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ १५ गते राती १२ बजे सम्मकालागि थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज एक विज्ञप्ती जारी गर्दै आगामी जेठ १५ गते सम्मकालागि निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाको अवधिमा हरेक दिन खुल्दै आएको अतिआवश्यक तथा खाद्यान्न पसलहरुमा अब खाद्यान्न पसल अब हप्ताको आइतवार मंगरवार र विहिवार विहान ६ बजे देखि विहान ९ बजे सम्म मात्र खोल्न पाइने जनाएको छ ।




Prawash Kumar Shakya । ३१ बैशाख २०७८, शुक्रबार १९:१० बजे