निजामति सेवामा लक्ष्मीको छलाङ


जनसंख्या तथा वातावरण मन्त्रालयका सह–सचिव लक्ष्मी बस्नेतलाई सानैदेखी पढेर केहि गर्नु पर्छ भन्ने थियो । त्यसैले उनको रुची पढाई लेखाईमा थियो । सामान्य आम नेपाली जस्तै हुर्केकी बस्नेतले जनउच्च माध्यामिक विद्यालयबाट २०४७ सालमा एसएलसी उत्तिर्ण गरिन । विरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक पुरा गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नाकोत्तर गरेकी छिन् ।
नेपाली समाजमा महिलालाई पढाई लेखाईमा त्यति प्रोत्साहLaxmi-Basnet1न गरिदैन । पश्चिम नेपालको सुर्खेतमा जन्मिएकी बस्नेतको परिवारमा भने महिलालाई पढाउनु पर्छ भन्ने भावना प्रवल थियो । पढाई लेखाईमा घरपरिवारबाट सहयोग मिलेकैले उनले स्नाकोत्तरसम्मको शिक्षा मात्र पुरा गरिनन्, नेपाल सरकारको उच्च तहको प्रशासक बन्ने गौरव समेत प्राप्त गरिन । आफुलाई परिवारबाट प्राप्त भएको सहयोग आज उनी स्मरण गर्छिन ।
औपचारिक अध्ययन पुरा गरेपछि बस्नेतले केहि समय वित्तिय संस्थामा काम गरिन । आफैले पढेको वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन पनि गराइन । अनुभव बटुल्दै २०६३ सालमा अधिकृतका रुपमा निजामति सेवा प्रवेश गरिन । २०६७ सालमा उनी अधिकृतबाट सिधै सह–सचिवमा बढुवा भईन । कलेज पढाएको समेत जोडेर सात वर्ष अनुभव भएपछि उनी सह–सचिवका लागी योग्य भएकी हुन । निजामति सेवामा रहेर आम नेपालीको सेवा गर्न पाएकोमा उनी गौरवान्वीत भएकी छिन् ।
पछिल्लो समयमा निजामति सेवामा महिलाहरुको प्रवेश आशलाग्दो देखिएको छ । उनी स्ंवयको समुहबाट पनि अधिकृतमा ३६ जनाले नाम निकाल्न सफल भएका थिए । निजामति सेवामा जागिरको सुरक्षा, मान, सम्मान हुने उनको भनाई छ ।
जीवनलाई उनले नियमित प्रक्रिया मानेकी छिन् । परिवारको सहयोगले गर्दा सफलता पाउन ठुलो संघर्ष गर्नु नपरेको उनको अनुभव छ । सधै इमानदारिता पूर्वक मेहनत गरेर काम गरिरहेकी छिन् । परिवारको सदस्य गुमाउँदा निकै दुःखको अनुभव गरेकी बस्नेतले निजामति सेवामा प्रवेश गर्दा खुसीको अनुभव गरेकी थिइन । अहिले कार्यथलोमा सबै सहकर्मीहरुबाट राम्रो सहयोग पाइरहेको उनको भनाई छ ।
सह–सचिव जस्तो उच्च ओहदामा पुगेपछि मात्र बस्नेतले बिवाह गरिन । श्रीमान, बच्चा, सासु ससुरासँग रमाइलो जीवन बिताइरहेकी बस्नेत आफुलाई श्रीमानबाट एकदमै राम्रो सहयोग प्राप्त भएको सुनाउँछिन ।
म्हिला दिदि बहिनीलाई आँट गरेर अघि बढ्न उनको सुझाव छ । प्राप्त अवसरहरुलाई सदुपयोग गरेर काम गर्नुपर्ने उनको भनाई छ । पछाडी फर्केर हेर्न होइन अगाडी हेरेर अघि बढ्न उनको आग्रह छ । कर्मचारीहरु ऐन नियम भित्र बसेर काम गर्नु पर्ने भएकाले कहिले काँही जनअपेच्क्षा अनुसार काम गर्न नसकिने उनको अनुभव छ ।साभारःराष्टपुकार अनलाईन ।