मुख्यमन्त्री द्वारा दुःख व्यक्त


सुर्खेत, जेष्ठ ६ ।
आईतवार सल्यानको अम्रामा भएको सडक दुर्घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले रुकुम (पश्चिम)को चौरजहारीवाट नेपालगञ्ज जाँदै गरेको वस दुर्घटनाका घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले सवारी दुर्घटनाका कारण ठुलो मानवीय क्षति भईरहेकोले दुर्घटना न्युनिकरण तथा रोकथामका कार्यमा प्रभावकारी काम गर्न सम्वन्धित निकायलाई आग्रह पनि गर्नुभएको छ ।