कुल्लि र चौकिदार हुने प्रथाको अन्त्य हुनुपछ–मन्त्री रावल



माघ २२, सुर्खेत ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका यूवाहरु कुल्लि र चौकिदारी हुनुपर्ने अबस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । रोजगारिको शिलसीलामा विदेशीने नेपाली यूवाहरुले कुल्लि काममा मात्रै सिमित नभई जहाँ जाने हो त्यो देशको भाषामा दक्षता र सीप सिक्नु पर्ने मन्त्री रावलको भनाई छ ।

मन्त्री रावलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माउन्ट रोयल एजुकेशन कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै दक्ष जापानीज् प्रशिक्षकहरुबाट भाषाका कक्षाहरु सञ्चालन गरि दक्ष बनाएर नेपाली यूवाहरुलाई त्यहाँ पठाउनु पर्नेमा जोड दिनुभयो । देश समृद्धिको बाटोमा अघि बढिरहेको भन्दै मन्त्री रावलले देश छोडेर विदेश जान नहुने भन्दै जानै परे ज्ञान प्राप्त गरि अब्बल दर्जामा जानु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै सांसद ठम्म बिष्टले नेपालमा कलकारखाना, उद्योग धन्दाहरुको विकास नहुँदा सम्म रोजगारकालागि बाहीर जाने यूवाहरु दक्ष भएर जानुपर्ने र उनिहरुले पैसा र सीप सिकेर स्वदेश फर्कीनु पर्नेमा जोड दिनुभयो । भाषाको अज्ञानता र सिप भएन भने विश्वका जुन देशमा गएपनि कुल्लि काम नै गर्नुपर्ने हुँदा भाषाको ज्ञान सँग दक्षता पनि हुनुपर्नेमा जोड दिनुभयो ।

रोयल जापानीज् ल्याङ्गवेज कलेजका प्रिन्सिपल हिरानाथ महर्जनले जापानीज् भाषा मात्रै नसिकाई त्यहाँको संस्कार पनि सिकाइने हुँदा अरु भन्दा यो कम्पनि अब्बल दर्जाको भएको दावी गर्नुभयो ।

कार्यक्रममा म्यानेजिङ्ग डाइरेक्टर मेघराज शाहीले जापानको टोकियो स्थित इकेबुकुरोमा केन्द्रिय कार्यालय र नेपालको संघिय राजधानी काठमाण्डौको पुतलिसडकबाट बिगत पाँच बर्षदेखि सेवा दिदै आएको जानकारी दिदै सो सेवा अब कर्णाली प्रदेशबाट पनि उपलब्ध गराइने बताउनुभयो । डाइरेक्टर शाहीले नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्विकृति प्राप्त गरि जापानीज् अनुभवी प्रशिक्षकहरु द्धारा नयाँ कक्षा सञ्चालन हुने भएकाले ढुक्क भएर भाषा सिक्ने अबसर नगुमाउन पनि आग्रह गर्नुभयो ।