सिष्टर नेपालले महिलालाई सम्मान गर्ने


सुर्खेत, १५ साउन ।
सिस्टर नेपाल संस्थाले महिला अधिकारको क्षेत्रमा क्रियाशिल सुर्खेतका महिलाहरुलाई सम्मान गर्न लागेको जनाएको छ ।
शनिवार वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा आउँदो भदौ ११ गते विशेष कार्यक्रमका वीच उनीहरुलाई सम्मान गर्न लागिएको सिस्टर नेपालका अध्यक्ष नन्दा वस्यालले वताउनु भयो ।
महिलाहरुको हक अधिकारको लागि वकालत गर्ने उदेश्यले २ वर्ष अघि स्थापना भएको संस्थाले गतवर्ष काठमाडौमा विभिन्न महिलाहरुलाई सम्मान गरेको उहाँले जानकारी दिनुभयो ।
समाजमा विशिष्ट योगदान गर्ने, महिलाको हकअधिकारको पक्षमा पैरवी गर्ने, तीज गीत र साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन दिने उदेश्यले दिदी नेपाल संस्था स्थापना गरिएको वताएको छ ।
कलाकारिता सगसगै समाजिक सेवा गर्ने र महिलाहरुलाई अभिभावकत्व दिने उदेश्यले सिस्टर नेपाल संस्था खोलिएको अध्यक्ष वस्यालले दावी गर्नुभयो ।
करिव ५ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने ५ जना महिलालाई सम्मान गर्ने योजना रहेको वताएको छ ।

साभार : रारा खबर अनलाइन