२४ जेठ, सुर्खेत । समाज रुपान्तरणकालागि सकारात्मक सोच प्रतियुवाहरुको भूमिका तथा बालविवाह न्यूनिकरणकालागि १ दिने अनुशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
विषेश गरि छोरीका लागि स्वर्णिम नेपाल महाअभियान कार्यक्रमकालागि वीरेन्द्रनगर नगरपालिका वडा नं ९ ले संकल्प सम्मेलन गरेको वडा सचिव देव मुलेलले बताउनुभयो ।
कार्यक्रममा स्वागत गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाको महाअभियान वालविवाह तथा किशोर किशोरी मैत्री बनाउने बताउँदै हाम्रो देशमा घरघरमा समस्याको जड भनेको नै वालविवाह रहेकोले यस्लाई सबैमिलेर अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रमका मुख्य अतिथी नगरप्रमुख देवकुमार सुवेदीले अभियानको शुभारम्भ गर्दै यो कार्यक्रम कोशे ढुंगा सावित हुने बताउँदै महाअभियानमा लाग्न सम्पूर्णलाई आव्हान गर्नुभयो ।
वडा नं ९ का अध्यक्ष सुरेश मानन्नधरको सभापतित्वमा सम्पन्न कार्यक्रम सामाजिक रुपान्तरणका अभियन्ता नरबहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो भने छोरीकालागि स्वर्णिम नेपाल अभियानकी अभियन्ता नेपाली चलचित्रकी नायिका रेखा थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत प्रकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।



Milan Shrestha । २४ जेष्ठ २०७५, बिहीबार १३:२९ बजे