नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने मधेसी विद्यार्थीहरुलाई भारतीय नेता तथा बुद्धिजीवीहरुले स्वागत गरेका छन् ।
आइतवार दिउँसो तिहार जेलबाट रिहा भएका मधेसी बिद्यार्थीहरुलाई नयाँ दिल्लीस्थित गान्धि शान्ति प्रतिष्ठान सभा भवनमा एक कार्यक्रम बीच स्वागत गरिएको हो ।
मधेसी विद्यार्थीहरुलाई मधेस आन्दोलनको पक्षमा सीमामा भारत नेपाल मैत्री यात्रा सवांद कार्यक्रम गर्दै आएका पुर्वमन्त्री एवम् राष्ट्रिय जनतादलका उपाध्य डाक्टर रघुवंश प्रसाद सिंह ,सघीय समाजवादी फोरम नेपालको नेता प्रदिप यादव,लगायत भारतीय तथा मधेसी नेताहरुले माला र अविर लगाएर स्वागत गर्दै माग पुरा नभएसम्म मधेस आन्दोलन चलिरहने बताए ।
जवाहरलाल विश्वविद्यायलमा इनभारमेन्टल सान्इसमा पिएच डि गरिरहेका विकास कुमार मिश्रले आफुहरु कुनै पार्टिको नभइ मधेसीसँग गरिएको विभेदको विरोधमा राज्यको चरित्रविरुद्व कालो झन्डा देखाएको बताए ।
कधबनबतशनिवार दिउँसो दिल्ली पुगेका फोरम नेता यादवले विद्यार्थीहरुलाई स्वागत गर्दै मधेसीसगं गरिएको बिभेदको बिरुद्ध दिल्लीमा गरिएको बिरोध सही भएको बताए ।
उनले ओली सरकारलाई दिल्ली लगायत भारतको हरेक सहरमा बिरोध गरिने बताए ।
शनिबार दिउँसो नेपाली दुतावास अगाडि प्रधानमन्त्रीको विरोधको क्रममा पक्राउ परेका २० जना मधेसी विद्यार्थीहरुलाइ आदालतको आदेशमा ५दिनको लागी तिहार जेल पठाइए पनि भारत सरकारको विशेष पहलमा आइतबार दिउँसो रिहा गरिएको थियो ।
दिल्लीमा पक्राउ परेका बिद्यार्थीहरु रिहाइको मागं गर्दै मधेसमा भारत विरोधी भावना बढ्न थालेपछि भारत सरकारले उनीहरुलाई रिहा गरेको बुझिएको छ ।
साभारः रातोपाटी ।




Milan Shrestha । १० फाल्गुन २०७२, सोमबार ०७:०८ बजे