रात्रिकालिन समयमा व्यावसाय सञ्चालन गर्न अपिल


१७ चैत्र, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले रात्रिकालिन समयमा पनि व्यावसाय चलायमान बनाउन व्यावसायीहरुलाई आग्रह गरेको छ ।

संघले प्रदेश राजधानी साँझको ८ नबज्दै देखि सुनसान हुनुले व्यापार व्यावसायमा नकारात्मक प्रभाव पारेको हुँदा संघले स्थानीय प्रहरी प्रशासन सँग समन्वय गरिरहेकोले रात्रिकालिन समयमा पनि व्यावसाय चलाएमान बनाउन सार्वजनिक अपिल गरेको हो ।

अपिलमा संघले प्रदेश राजधानीमा प्रयाप्त मात्रामा नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी जस्ता सुरक्षा निकायहरु रहेकोले असुरक्षाको चिन्ता लिइहाल्नु नपर्ने जनाएको छ । समयको माग अनुसार वीरेन्द्रनगरमा कफीसप लाइभ म्यूजिक इभेन्ट दोहोरी साँझ सम्मका मनोरञ्जनात्मक कार्यक्रमसहितका रेष्टूरेण्ट सहजरुपमा सञ्चालन भैरहेको छ तर अन्य शहरहरुमा रात्रिकालिन व्यावसायलाई चलाएमान विहानै सम्म सञ्चालन रहेको पाइन्छ ।

प्रदेश राजधानी भएर व्यस्त भएको वीरेन्द्रनगर बजारलाई रात्रिकालिन समयमा पनि व्यावसाय चलाउन संघले अपिल गरेको छ ।