
१० बैशाख, सुर्खेत । नेपाल मगर महिला संघ कर्णाली प्रदेशको दोश्रो अधिवेशनले निर्मला गाहा मगरलाई अध्यक्षमा चयन गरेको छ ।
नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष हिरुसरा राना मगरले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्दै मगर महिलाहरुले सङ्गठन विस्तार सँगसँगै आर्थिक र राजनीतिलाई पनि अगाडी लैजान आवश्यक रहेको बताउँदै राज्यले यसतर्फ विशेष ध्यान दिन जरुरी रहेको औल्याउनुभयो ।
त्यस्तै अधिवेशनमा कर्णाली प्रदेश सभाका पूर्व उपसभामुख पुष्पा घर्तीमगरले आधा हिस्सा ओगटेको मगर महिलाहरुले आफ्नो हक, अधिकारकालागि धेरै संघर्ष गर्न जरुरी रहेको र आफ्नो भाषा, कला संस्कृतिलाई जोगाउन लागि पर्नु पर्ने बताउनुभयो ।
नेपाल मगर महिला महासंघ कर्णाली प्रदेशका अध्यक्ष कृष्णा बंशी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण अन्जु राना मगरले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १० बैशाख २०८०, आईतवार १८:१६ बजे