‘नावुन’को प्रदेश अध्यक्षमा पुनः शाक्य चयन


१४ मंसीर, सुर्खेत । कर्णाली प्रदेशमा गठित राष्ट्रिय सौन्दर्यकर्मी यूनियन (नावुन) कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट अध्यक्षमा पुनः मोन्टी व्यूटी पार्लर तथा प्रशिक्षण केन्द्रका व्यूटीसियन प्रमी शाक्य (खड्का) सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै प्रथम अधिवेशनले उपाध्यक्षमा कमला बस्याल (देवकोटा), सचिवमा जानुका तारुङ्ग मगर, आर्थिक सचिवमा राखी पुरी (दुर्गा) र सहसचिवमा मौसमी गुरुङ्ग चयन गरेको छ । यस्तै सदस्यहरुमा यसोदा खत्री, गंङ्गा बस्याल, देबि थापा, रेखा क्षेत्री, सुस्मा मल्ल, दिपा राना मगर,  दिपिका नेपाली चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिँदै नावुनका केन्द्रिय महासचिव पवी गुरुङ्गले देशैभरि छरिएर रहेका सौन्दर्यकर्मीहरुलाई एकैजुट बनाई सौन्दर्यकर्मीहरुको हकहितमा काम गर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय आर्थिक सचिव माया पुन मगर र केन्द्रिय सदस्य तथा जिफन्ट उपाध्यक्ष  राधा श्रेष्ठले पनि आआफ्नो भनाई राख्नुभएको थियो ।