सभामुख गुरुङ्गद्वारा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन


२५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले प्रदेश प्रमुख तिलक परियारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ  ।

सभामुख गुरुङ्गले यही जेठ २१ गतेका दिन कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पाँचौ बैठकमा कर्णाली प्रदेश सरकारको आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरि सभालाइ सम्बोधन गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको हो । सभामुख गुरुङ्गले आज कर्णाली प्रदेशसभाको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख तिलक परियार धन्यवाद ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको छ ।