न्यूनतम् १० हजार यूवाहरुलाई स्वरोजगार बनाउने कर्णाली सरकारको महत्वकांक्षी योजना छः मन्त्री सिंह


१६ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारले यसपटक देखि आई टी को क्षेत्रमा क्रान्ति गर्ने भएको छ ।  वीरेन्द्रनगरमा आज कम्प्यूटर एसोशिएन नेपाल क्यान महासंघ सुर्खेत शाखाले आयोजना गरेको IT Education & Career Planning कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले यस्तो बताउनुभएको हो ।

मन्त्री सिंहले शिक्षाको गुणस्तरको कुरा महत्वपूर्ण रहेकोले राज्यले त्यसमा लगानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो शिक्षामा राज्यले लगानी गर्छ तर त्यसको परिणाम कम आउँछ भन्ने जनगुनासो रहेकोले अब सबै लगानीहरुलाई व्यवस्थित गर्नुपर्छ भन्ने सरकारको निती रहेको छ । हामीले कर्णाली समृद्धि अभियान कार्यक्रम ल्याएका छौं त्यस कार्यक्रमले कर्णालीको उद्यमशिलता, उत्पादन, यूवाहरुलाई रोजगारिता मार्फत बर्षमा न्यूनतम् १० हजार यूवाहरुलाई स्वरोजगार बनाउने महत्वकांक्षी आयोजनाकोरुपमा ल्याएको जस्मा करिव १ अर्ब ५० करोड रुपैया छुट्याएको त्यो रकम कम भएकोले अरु १ अर्व ५० करोड रुपैया व्यवस्था गर्न लागेको र यो हामीले ७९ वटा पालिकामा रहेका ७ सय १८ वटा वडा लक्षित गरेर ज्ञान शिप प्राप्त गरेका यूवाहरुलाई गन्तव्यमा पुर्याउनकालागि राज्यको तर्फबाट सहयोग गर्ने कार्यक्रम भएकोले यस्कोलागि पनि कार्यविधी र ऐन बन्दै गरेको बताउनुभयो ।

मन्त्री सिंहले कर्णाली उत्पादन बढाउनकालागि कृषिमा क्रान्ति गर्नकालागि कृषकहरुलाई कर्णाली सरकारले व्याजमा अनुदान ल्याएको बताउनुभयो । कर्णालीका कृषि उद्यमीहरुले कृषिको क्षेत्रमा लगानी गर्न लिएको व्याज सरकारले तिर्ने योजना ल्याएको मन्त्री सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ “यो कार्यक्रम अघिल्लो बर्षको कार्यक्रमलाई हामीले निरन्तरता दिएका हौं ।” त्यस्तै कार्यक्रममा लुम्विनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग भन्डारी, नगर क्षिक्षा प्रमुख धिरेन्द्र शर्माले आआफ्नो भनाई राख्नुभएको थियो । क्यान सुर्खेत शाखाका अध्यक्ष लोकेन्द्र गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममन क्यान कर्णाली प्रदेशका अध्यक्ष प्रेम प्रकाश चन्दले स्वागत गर्नुभएको थियो भने सहजीकरण क्यान सुर्खेतका सचिव उपेन्द्र मल्लले गर्नुभएको थियो ।