प्यूठान-काठ्माण्डौं नेवाः समाजका ६२ जनाले रक्तदान गरे


३० भाद्र, काठमाडौं । प्युठान काठमाडौं नेवा: समाजद्वारा प्रथम पटक रक्तदान कार्यक्रमकाे आयाेजना सम्पन्न गरेको ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट विभूषित स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा प्युठान काठमाडौं नेवा: समाजले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले बर्न हस्पिटलका डा. किरण नकर्मीलाई रक्त संकलन थैली हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थागत बिशेष सहयोग गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाज ३० नं. वडा नगरसमिति, युनाइटेड क्लब र नेपाल स्वयंसेवी रक्तदाता तारकेश्वर नगर समितिलाई धन्यवाद-पत्र प्रदान गरिएको थियो ।

समाजका सचिव रामजी लाल श्रेष्ठले  सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज डाेटी जिल्ला शाखाका अध्यक्ष सुशील घर्ती, डाेटेली समाजका अध्यक्ष जगदीश के.सी., नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठ र प्युठान काठमाडौं नेवा: समाजका निवर्तमान अध्यक्ष लालचन प्रधान आआफ्नो भनाई राख्नुभएको । रामचन्द्र श्रेष्ठकाे संयाेजन रहेकाे रक्तदान कार्यक्रममा महिला-पुरूष जम्मा ६२ जनाले रक्तदान गर्नुभएको थियो ।