नाडा पर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर विधिवत् रुपमा सञ्चालन


 

१ असोज, काठ्माण्डौं । काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र नजिकै बाँसवारी गोलढुङ्गा मार्गमा आजदेखि खेलाडी तथा अन्य फिजियोथेरापीका सेवा सहित नाडा पर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर सञ्चालनको विधिवत शुभारम्भ गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३ का अध्यक्ष  प्रेम थापा नाडाको शुभारम्भ गर्दै यस्ता सेन्टरले खेलाडीहरुलाई खेल खेल्न थप प्रोत्साहान हौसला मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो “भाविदिनहरुमा खेलाडीहरुलाई अझ सशक्त भई आफ्नो खेल प्रदर्शन गर्ने वातावरण तयार गर्न सहयोग हुनेछ ।”

नाडका सञ्चालक एथलेटिक्सथेरापिष्ट विवेकविक्रान्त अधिकारीले नाडा नेपालको पहिलो पर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर भएको र नयाँ पूर्वाधारबाट खेलकुदमा लागेकालाई मात्र नभएर अन्यलाई पनि सेवा पुर्याउने योजना रहेको बताउँदै नाडामा  विशेष गरी चार पक्ष इन्जुरी प्रिभेन्सन, इन्जुरी ट्रिटमेन्ट, रिह्याबिलिटेसन र पर्फमेन्स इन्हान्समेन्टमा ध्यान दिइनेछ ।  खेलाडीहरुलाई घाइते हुनबाट बचाउन आवश्यक तयारी गर्ने, घाइते भए शारिरीक अभ्यास गराएर निको बनाउने, शल्यक्रिया गराएका खेलाडीलाई रिह्याब गराउने र खेलाडीलाई शारीरिक रूपमा बलियो बनाउन, उनीहरूको प्रदर्शनमा निखार ल्याउने अभ्यास गराउने नाडाको लक्ष्य रहेको छ । साथै हामीले फिजियोथेरापीको सम्पूर्ण सेवाहरुपनि गराउँछौं ।

सुर्खेतको आइएनएफमा केही समय फिजियोथेरापीको काम गर्नुभएका विवेक उच्चशिक्षा हासिल गर्न अमेरिका जानुभएको थियो अमेरिकामा पढाइ र केही क्लबमा काम गरेर नेपाल फर्किएनु भएका विवेक विक्रान्त अधिकारीले नाडा सञ्चालन गर्नुभएको हो  । विवेक आफूलाई एथ्लेटिक ट्रेनर, पर्फमेन्स कोच र फिजियोथेरपिस्टका रूपमा चिनाउनुहुन्छ। सन् २०१७ मा नेपाल फर्किनुभएका उहाँ करिब २ वर्ष एन्फासँग आबद्ध रही राष्ट्रिय पुरुष तथा महिला टिमका लागि काम गर्नुभएको थियो ।

विवेक खेलकुदको प्राविधिक पक्षमा काम गर्न सरकारी निकायबाटै पूर्वाधारमा लगानी हुनुपर्ने बताउनुहुन्छ । ‘निजी क्षेत्रबाट पनि यो क्षेत्रकोलागि केही गर्नुपर्छ भन्ने मनसायले आफूले सेन्टर खोलेको छु मैले यहाँ जे गर्ने कोसिस गरिरहेको छु यसमा कोही जोडिन चाहनुहुनेलाई म स्वागत गर्छु । विदेशमा यही विषय पढेकाहरू नेपाल फर्किएर काम गर्न चाहन्छन् भने पनि म मञ्च प्रदान गर्न सक्छु।’

हामी गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा दुई क्लबसँग आबद्ध थियौं । त्यस्तै संकटा क्लब पूरै सिजन नाडाले काम गर्‍यो । त्यसअघि सी डिभिजन क्वालिफायर्समा सुनाकोठी एफसीसँग पनि नाडा जोडिएको थियो । आफूहरू आबद्ध हुन्जेल खुमलटार र संकटामा खेलाडी कमै मात्रामा घाइते भएको जिकिर गर्नुहुन्छ विवेक । अब केही समयपछि सुरु हुने नेपाल सुपर लिगकालागि केही क्लबसँग सहकार्य गर्न छलफल चलिरहेको विवेक बताउनुहुन्छ ।