गणतन्त्र दिवसमा रक्तदान, २४ पिन्ट रगत संकलन


१५ जेठ, सुर्खेत । १६औं गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा २४ पिन्ट रगत संकलन भएको अखिल क्रान्तिकारीका प्रदेश समिति सचिवालय सदस्य सुर्खेत बहुमुखी क्याम्पस इन्चार्ज हिक्मत शाहीले जानकारी दिनुभयो । हामीले यूवापुस्तामा मानवजीवन बचाउनकालागि विद्यार्थीमा रक्तदान गर्नुपर्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेका हौं जस्मा धेरै यूवाहरुले पहिलो पटक रक्तदान गर्नुभएको छ ।

यो कार्यक्रमममा हामीलाई सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी र समन्वय गरिदिने नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतलाई हार्दिक आभार प्रकट गर्दछौ । शाहीले भन्नुभयो । कार्यक्रमा क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अमर जंग शाही, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि रक्तदान गर्नुभएको थियो ।