नेपालमा सामाजिक सञ्जाल टिकटक बन्दै गर्दै सरकार


२७ कार्तिक, काठमाण्डौं । चर्चित सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपालमा टिकटक नखुल्ने बनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने आजको बैठकले निर्णय गरेको बताउनुभयो । टिकटकले सामाजिक सद्‍भाव बिगार्ने तथा विकृति धेरै फैलिएकोले तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

देशमा केहि दिन देखि अभिव्यक्ति स्वतन्त्रताका नामा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०८० पारित गरेको हो । यससँगै चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्न लागिएको जनाइएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको बताउनुभयो । साथै अबको तीन महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत पनि हुनुपर्ने बताइएको छ ।